‘हुनेले दिनुहोला,आवश्यक परेमा लिनुहोला’ भन्ने मूल नाराका साथ इलामका युवाले न्यानो कपडा वितरण गरेका छन् ।
जाडोको मौसम सुरु भएसँगै गरिब निमुखा र सडक आश्रित मानवलाई सेवा पुग्ने उद्देश्यले युवाहरुको सक्रियतामा लुगा बैंक स्थापना गरी त्यहाँ जम्मा भएका कपडा इलाम चोक बजारमा एक कार्यक्रमको आयोजना गरी वितरण गरिएको हो ।पुराना लुगालाई गुणस्तरीय बनाई वितरण गरिएको कपास समूह संस्थाकी सदस्य प्रश्ना खतिवडाले बताइन् । कपास समूहले केही समय अगाडि सामाजिक सञ्जालमा लुगा बैंक स्थापना गरिएको र त्यहाँ कपडा जम्मा गर्न अनुरोध गरेको थियो । जम्मा भएका कपडा १० जना भन्दा धेरैलाई वितरण गरिएको थियो । जाडोमा सबैलाई तातो बनाउने ‘हुनेले दिनुहोला आवश्यक परेमा लिनुहोला’ भन्ने मुल नाराका साथ इलामका युवाहरुले न्यानो कपडा वितरण गरेका छन् ।
साथै यस कार्यक्रमको स्रिजितजंग ढुंगाना र रोनित बरालद्वारा सहजीकरण गरिएको थियो । जसले झापाको मेचिनगरमा स्टल सन्चालन गर्दै आएका छन् । युवाको सामाजिक क्षेत्रमा रुचि बढ्नु एउटा सकरात्मक पाटोको रुपमा लिन सकिन्छ ।