क्याम्पस प्रमुख सामु अनेरास्ववियुले बुझायाे दश बुँदे ध्यानाकर्षण

  आवाज स‌‌म्वाददाता

      अनेरास्ववियु मरब क्याम्पस कमिटीले विद्यार्थीहरुका विभिन्न समस्याहरुलाई समाधान गर्न भन्दै आज क्याम्पस प्रमुख खगेन्द्र चापागाईंलाई माग पत्र बुझाएको छ । सङ्गठनले १० बुँदे मागपत्रसहित क्याम्पस प्रमुखलाइ ध्यानाकर्षण बुझाएकाे हाे ।
क्याम्पसले प्रदान गर्ने जेहेनदार तथा गरिब छात्रावृत्तिको नतिजा अविलम्ब सार्बजनिक गर्न, छात्राहरुका लागि सेनेटरी प्याडसहितको विषेश कक्षको व्यवस्था गर्न, पुस्तकालयकमा नयाँ पुस्तक सहित परीक्षा अवधिमा पनि विद्यार्थीहरुलाई सहज रुपमा पठनपाठन गर्ने व्यवस्था मिलाउन ध्यनाकर्षण बुझाएको हो ।

       यस्तै,विद्यार्थीका लागि प्रथामिक उपचार कक्षको व्यवस्था गर्न, कोचिङ्ग कक्षालाई कार्यन्वयन गर्न, लेखाको काउण्टर शाखालाई कार्यालय समयाधिभर सञ्चालन गर्न, सम्पूर्ण कक्षा कोठामा प्रोजेक्टर वा स्मार्ट बोर्डको व्यवस्था गर्न जस्ता मागहरु मागपत्रमा उल्लेखित गरिएको छन ।
अनेरास्ववियु मरब क्याम्पसका संयोजक विशाल कार्की र सचिव किशोर आचार्यको हस्ताक्षरमा पेश गरिएको मागपत्रमा २४ घण्टाभित्र माग सम्बोधन हुनुपर्ने सर्त सहितको अल्टिमेटम समेत उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार