गाउँपालिका अध्यक्ष श्रेष्ठ काङ्ग्रेस सभापतिमा पराजित, थापा निर्वाचित

  आवाज स‌‌म्वाददाता

 इलाम, ९ असोज इलामको फाकफोकथुम गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित रामकुमार श्रेष्ठ नेपाली कांग्रेसको गाउँपालिका सभापतिमा पराजीत भएका छन् । ६४ मत सहित पालिका सभापतिमा डिक बहादुर थापा निर्वाचित हुँदा गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ भने तेस्रो स्थानमा सीमित भए । कांग्रेसको शनिबार सम्पन्न पालिका स्तरको महाधिवेशनमा ५७ मत सहित टेक विर लिम्बु दोस्रो भए । कांग्रेसको उपसभापतिमा कृतिराज आले र देउमान दलामी निर्वाचित भए । सचविमा चन्द्र बहादुर बोहोरा र देवी थापा निर्वाचित भए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार