देउमाई कांग्रेसमा दिलिप कार्की विजयी

  आवाज स‌‌म्वाददाता

देउमाई नगरपालिकाको नेपाली कांग्रेसको सभापतिमा दिलिप कार्की निर्वाचित भएका छन् । उनले १११ मत ल्याउँदै जीत निकालेका हुन् ।

उनका प्रतिष्पर्धी कृष्ण बरालले ८४ र भवानीराम राई ३९ मत प्राप्त गरे । यस्तै उपसभापतिमा ताराकुमार राइ र दिलकुमारी राई विजयी भएका छन् । ताराकुमारले १२७ मत र दिलकुमारी राईले ११४ मत प्राप्त गर्दै विजय भएका हुन् । सचिवमा कल्पना थापा खत्री र पदमबहादुर कटुवाल विजयी भएका छन् । खत्रीले १११ र कटुवालले १०६ मत ल्याएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार