चाडपर्व लक्षित सुरक्षा सर्तकता

  आवाज स‌‌म्वाददाता

दशै, तिहार र छठ जस्ता चार्डवर्प नजिकिंदै गर्दा इलाममा प्रहरीले विशेष सुरक्षा सर्तकर्ता सुरु गरेको छ । चाडपर्वका बेला हुने आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले विषेश योजना तयार गरि मातहतका प्रहरी कार्यालय र विटहरुलाई निर्देशन समेत दिएको छ । राजमार्ग सुरक्षा, भित्री तथा ग्रामीण सडक, बजार क्षेत्र, सीमा क्षेत्र, बैंक तथा वित्तिय र सुनचाँदी गहना पसलहरुलाई अलग–अलग ढंगले सुरक्षा गस्ती गरिने जनाइएको छ ।
प्रहरीले आपराधिक गतिविधि हुन नदिन सीमा क्षेत्रमा १५ वटा चेक पोष्ट, भित्री सडकमा २६ वटा चेक पोष्ट, दैनिक ४१ वटा गस्ती रहने जनाएको छ । यस्तै मोवायल गस्ती, ग्रमीण गस्ती रहने व्यवस्था गर्ने जनाएको छ । मोवायल गस्ती, ग्रामीण गस्ती रहने व्यवस्था गर्ने जनाएको छ । प्रहरीले बैंक तथा वित्तिय संस्था, सुनचाँदी पसलहरुलाई सीसि क्यामेराको निगरानीबाट गस्ती गरिने जनाएको छ । आपराधिक घटनामा संलग्न भएका संकास्पद व्यक्तिहरुलाई खान तलासी र तत्काल पक्राउ समेत गर्ने नीति लिएको प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठले बताए । ‘हामीले मातहतका प्रहरीलाई सुरक्षामा लागि निर्देशन दिइसकेका छौं ।’ श्रेष्ठले भने ‘चाडपर्वका समयमा जिल्लामा कतै पनि आपराधिक क्रियाकलाप नहोस सर्वसाधारण नागरिकले सुरक्षा महशुस गर्न सकुन भन्ने उद्देश्य छ ।’ प्रहरीले मेची राजमार्गमा सञ्चालनमा आउने सवारीहरुलाई अनिवार्य कागजात भएनभएको, सवारीमा यात्रु संख्या, भाडा दर समेतको निगरानी गरिने प्रहरी उपरिक्षक श्रेष्ठको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार