आगलागीबाट घाइते भएका दम्पतिकाे मृत्यू

इलाम । ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा घाइते भएका झापा अर्जुनधाराका दम्पत्तिको उपचारको क्रममा मृत्यू भएको छ ।
आगलागीबाट घाइते दम्पत्ति रोम खनाल उनकाे श्रीमति दुर्गा खनाल र उनीहरुको छोरा पकज खनालको काठमाण्डौको किर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो । उपचारको क्रममा रोम खनालको हिजो साँझ र दुर्गा खनालको गए राती मृत्यू भएकोे हो । छोरा पंकजको अवस्था भने सामान्य रहेको जनाइएको छ ।

 भदौ २६ गते शनिबार साँझ ग्यास लिक हुँदा आगजनी भएको थियो । आगलागीमा परी जलेर चार जना घाइते भएका थिए । रोम खनालको घरमा भएको सो आगलागीमा परी राेमसहित, उनका श्रीमती दुर्गा खनाल, छोरा पंकज खनाल र आमा मंगलादेवी खनाल घाइते भएका थिए । मंगलादेवी सामान्य घाइते भएकी थिइन् भने बाँकी तीन जना गंभीर घाइते भएका थिए ।

आगलागीमा परी रोमको शरीरको ५० प्रतिशत, दुर्गाको ३० प्रतिशत र पंकजको १५ प्रतिशत भाग जलेको थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार