सुलुबुङकाे भीरगाउँका ३४ काे काेराेना परीक्षण गर्दा २५ जनामा सङ्क्रमण

  आवाज स‌‌म्वाददाता

इलामकाे सन्दकपुर गाउँपालिकास्थित सुलुबुङको (भिरगाउँ)मा एकैदिनमा २५ जनामा काेराेना देखिएकाे छ । काेराेनाकाे लक्षण देखिएका ३४ जनाकाे काेराेना परीक्षण गर्दा २५ जनामा एन्टिजेन पाेजिटिभ आएकाे हाे । यस्तै हिजाे ६ जनामा परीक्षण गर्दा ५ जनामा काेराेना देखिएकाे सुलुबुङस्थित लुरिङटार स्वास्थ्य चाैकीले जनाएकाे छ ।

     दुइदिनमा  ४० जनामा एन्टिजेन बिधिबाट कोरोना भाइरसको परिक्षण गर्दा ३० जनामा संक्रमण देखिएको हाे । एकै टाेलमा ठूलाे सङ्ख्यामा काेराेना देखिएपछि सावधानी अपनाउन र आइसाेलेसनमा बस्न स्वास्थ्य चाैकीले सचेत गराएकाे छ । काेराेना कहाँबाट फैलियाे भन्ने एकिन नभएपनि केहीदिन अघि गाउँकै एक वृद्धाकाे मृत्यु हुँदा धेरै मानिसकाे उपस्थिति थियाे । स्वास्थ्य चाैकीकी प्रमुख सुजता लुङ्गेलीका अनुसार सङ्क्रमित सबैकाे स्थिति सामान्य रहेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार