सिमसिम पानी हुस्सुले छपक्कै ढाकेको आँगन । मौसम सँगै मिल्ने गीत । बिहीबार फिक्कल माविको परिसरमा गायक यम बरालले गीत गाइरहंदा दर्शक पनि हुस्सु र पानी भित्रभित्रै उसरीनै साथ दिइरहेका थिए ।
फिक्कलमै जन्मिएर फिक्कल माविमै पढेका बरालले आफ्नै आँगनमा इलामकै गीत सुनाइ रहंदा कतिपय दर्शकहरु अचम्म पनि मानि रहेका थिए । ‘बादलुको घुम्टोले इलाम बजार छोपिंदा मैले सबैलाई बिर्सेंछु तिमीलाई सम्झिदा ।’ २८ वर्ष अघि बरालले गाएको गीत पुनः बिहीबार सुनाएका थिए ।
सूर्योदय नगरपालिकाले गरेको सम्मान कार्यक्रममा बोल्दै बरालले आफ्नो बाल्यकाल सम्झिए । आफूले सात कक्षामा पढ्दा गाएको गीत सम्झिए र जहाँ सुकै पुगेपनि आफ्नो जन्मभूमिले दिएको आशिर्वाद सम्झिए । नगरपालिकाले आफ्नै नगरमा जन्मिएर नेपाली साँगीतिक आकाशमा चम्किएको तारालाई सम्मान गर्न पाउँदा आफूहरुले अत्यन्तै गौरवको महशुस गरेको नगरप्रमुख रणबहादुर राईले बताए ।
‘निष्ठुरीले छाडेर गइहाली’ हेर्दा हेर्दै अर्कैकी भइहाली’ बोलको गीतलाई पनि उसरीनै प्रस्तुत गरे । सधैं वक्ताहरुका भाषणमा बित्ने कार्यक्रमहरुले वाक्क भएका दर्शकका लागि बिहीबारको कार्यक्रम पृथक थियो । नगरपालिकाले आफ्नो आर्थिक वर्ष ०७८÷०७९ को बजेट सार्वजनिक कार्यक्रममा बराल सहित विभिन्न क्षेत्रमा उत्कृष्ठ तथा विभिन्न योगदान गर्ने व्यक्ति तथा समुहहरुलाई सम्मान गरेको थियो ।
नगरपालिकाले नगरबाहिर काम गर्ने कर्मचारी विवेक कट्टेल, जग्गा दाता मोहन श्रेष्ठ, कर्म काजी, उत्कृष्ठ करदाता झइन्द्र सुनुवार, उत्कृष्ठ विकास समिति सूनपा वन वातावरण विपद् व्यवस्थापन समिति, बढी कर संकलन गर्ने वडा, वडा–१०, धेरै विरुवा रोप्ने वडा, वडा– १, उत्कृष्ठ क्रियाशील ज्येष्ठ नागरिक काले शेर्पा, ज्येष्ठ नागरिक तथा विरामी स्याहार सुसार र हेर्चाह गर्ने व्यक्ति वडा– ४ की अस्मिता गिरी, उत्कृष्ठ सामुदायिक विद्यालय फिक्कल नमुना मावि, उत्कृष्ठ आधारभूत सामुदायिक विद्यालय भवानी आवि वडा–११, उत्कृष्ठ प्रअ पुरुष फिक्कल माविका गंगा महत, उत्कृष्ठ प्रअ महिला सुनपा–५ नमुना आवि पुण्यशिला चम्लागार्इं, उत्कृष्ठ शिक्षक जनक मावि सुनपा– ४ का तोयानाथ विश्वकर्मा, उत्कृष्ठ शिक्षिका श्रीकृष्णाश्रम मावि कन्यामकी दुर्गा देवी भट्टराई, उत्कृष्ठ विद्यार्थी सुनपा– १ का ग्रीष्म आचार्य, उत्कृष्ठ खेलकुद प्रर्वद्धन संस्था एमएफसी सुन्दरपानी, उत्कृष्ठ टोल विकास संस्था बरदेवी टोल विकास संस्था सुनपा– ३, उत्कृष्ठ उपभोक्ता समिति सुनपा– २ स्थित भानुमावि देखि आर्यघाट जाने बाटो उपभोक्ता समिति, उत्कृष्ठ सहकारी संस्था सुनपा– ९ को सुन्दरपानी चिया उत्पादक सहकारी, उत्कृष्ठ समुह जैविक कृषक समुह सुनपा – १०, उत्कृष्ठ उद्यमी सुनपा– २ का जितेन रसाइएली, उत्कृष्ठ महिला उद्यमी सुनपा– ९ की सीता तामाङ, अपाङ्गता भएका व्यक्तिद्धारा सञ्चालित उत्कृष्ठ व्यवसाय सुनपा– ८ का विकास कटुवाल, उत्कृष्ठ कृषि फर्म सुनपा–२ को सृष्टि फूल नर्सनी, उत्कृष्ठ युवा उद्यमी सुनपा– १२ का प्रमोद सापकोटा, उत्कृष्ठ चिया उद्योग सुनपा– ८ को रक्तकाली चिया उद्योग, उत्कृष्ठ डेरी सुनपा–३ को विनायक डेरी उद्योग, उत्कृष्ठ कृषक सुनपा– ११ का उमेश पौडेल, उत्कृष्ठ मेलमिलापकर्ता सुनपा– ६ का खेमप्रसाद लुईंटेल, उत्कृष्ठ स्वास्थ्यकर्मी पशुपतिनगर प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर विमल श्रेष्ठ, उत्कृष्ठ आयुर्वेदकर्मी सुनपा– १ का बुद्धिमान सुब्बा, कोभिड नियन्त्रणमा खटिएका उत्कृष्ठ स्वास्थ्यकर्मी प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलकी ज्योती ढुङ्गाना, उत्कृष्ठ स्वयं सेविका सुनपा– ५ की मिना राई, उत्कृष्ठ कर्मचारी चुडामणी बराल, उत्कृष्ठ वडा सचिव वडा– ७ का कमलकान्त पोख्रेल, उत्कृष्ठ स्वयंसेविका÷ सामुदायिक सहजकर्ता सरला तामाङ, उत्कृष्ठ कार्यालय सहयोगी वडा– ८ की कल्पना ढुङ्गाना, उत्कृष्ठ सुरक्षाकर्मी हर्कटे प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक चन्द्रबहादुर लिम्बु, उत्कृष्ठ नगर प्रहरी अन्जना भट्टराई, उत्कृष्ठ सवारी चालक वाङ छिरिङ लामा, उत्कृष्ठ सरसफाई कर्मचारी विरेन मल्लिक, उत्कृष्ठ सञ्चारकर्मी नविन ढकाल, उत्कृष्ठ होमस्टे गोर्खे थुम्के सामुदायिक होमस्टे, उत्कृष्ठ होटल व्यवसायी सुनपा– ८ को स्टर्न ब्लु होटल, उत्कृष्ठ निर्माण व्यवसायी सुनपा – ३ स्थित सोहिना कन्स्ट्रक्सन प्रालि र उत्कृष्ठ गुठीबाट सञ्चालित नर्वदा कल्याण विद्यालय सुनपा– ३ लाई सम्मान गरेको थियो ।
संविधान सभा सदस्य सूर्यवाला राईको प्रमुख आतिथ्यता र नगरप्रमुख रणबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य टीकाराम सुब्बा, प्रदेशसभा सदस्य काजीमान कागते, खिनु लङवा, जिल्ला समन्वय समिति प्रमुख गणेश बराल, प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का, पूर्व जिविस सभापति एलबी सुब्बा, दलका प्रतिनिधि नेपाली कांग्रेसका प्रेम चाम्लिङलगायतले शुभकामना मन्तव्य राखेका छन् ।