राेङकाे दुई वडा सिल, इलाममा आज ४६ जना संक्रमण

इलाम । कोरोनाको संक्रमण बढ्दै गएपछि रोङ गाउँपालिकाले आफ्नो वडा नं. ३ र ४ लाई आज राती १२ बजेदेखि एक हप्ताका लागि सिल गरेको छ । वडा नं. ५ का पसरहरु समेत बन्द गरेको छ ।

रोङ गाउँपालिकाले विहीबार एक सूचना जारी गर्दै सिल गरेको जनाएको छ । झापा र भारतीय सीमामा पर्ने रोङमा पनि कोरोनाको दोस्रो लहरको प्रभाव बढी देखिएको छ । रोङमा लाख सम्म दुई सय ८५ जना संक्रमित भएका छन् ।

यसरीनै आज इलाममा ४६ जनामा संक्रमण देखिएको छ । इलाम नगरपालिकामा ३२ जना, सूर्योदय नगरपालिकामा ९ जना, माई नगरपालिका, फाकफोक थुम गाउँपालिकामा २–२ जना र रोङ गाउँपालिकामा १ जना संक्रमित भएका छन् ।
संक्रमणबाट जिल्लामा मृत्यू हुनेको संख्या भने ६३ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार