इलाममा पुन: भयावह बन्दै संक्रमण, आज १०३ जना संक्रमित

  आवाज संवाददाता


इलाम । इलाममा आज कोरोनाबाट संक्रमितको संख्या एक सय नाघेको छ ।

सोमबार इलाममा एक सय तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

इलाममा साउन ७ गतेसम्मका लागि प्रशासनले निषेधाज्ञा जारी गरेको छ तर प्रायः सबै क्षेत्र खुल्ला भएकाले निषेधाज्ञा प्रभावहीन बन्दा संक्रमण दर जिल्ला बढ्दै गएको हो ।

रोङ गाउँपालिकामा २९ जना, सूर्योदय नगरपालिकामा २८ जना, इलाम नगरपालिकामा २३ जना, माइ नगरपालिकामा १८ जना, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा २–२ जना र माइजोगमाई गाउँपालिकामा एक जना संक्रमित भएका हुन् ।
जिल्लामा संक्रमितको संख्या दुई हजार ६२६ जना पुगेको छ । संक्रमणबाट मृत्यू हुनेको संख्या ५८ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार