इलाममा ९५ करोड रुपैयाँ राजश्व उठ्याे

  आवाज संवाददाता

इलाम । एक आर्थिक वर्षमा इलाम जिल्लामा ९५ करोड रुपैयाँ राजश्व संकलन भएको छ । त्यस मध्ये संघीय सरकार अन्तर्गतका कार्यालयबाट ८८ करोड पाँच लाख ८५ हजार आठ सय ३१ रुपैयाँ राजश्व संकलन भएको छ ।

त्यसमा करदाता सेवा कार्यालयले सवैभन्दा बढि राजश्व संकलन गरेको छ । करदाता सेवा कार्यालयले ५४ करोड ४४ लाख ५४ हजार ६ सय ५६ रुपैयाँ राजश्व संकलन गरेको छ । करदाता सेवा कार्यालयपछि कोष तथा लेखा नियन्त्रण कार्यालयले बढि राजश्व संकलन भएको तथ्याङ्क छ । कार्यालयले २३ रकोड ३२ लाख ७० हजार नौ सय ४७ रुपैयाँ राजश्व संकलन भएको छ । स्थानीय सरकारले खर्च गर्न नसकेको बजेट अर्को आर्थिक वर्षमा फिर्ता गरेको र बेरुजु दाखिला बढेकाले कोष तथा लेखा नियन्त्रण कार्यालयको राजश्व संकलन बढेको प्रमुख कोष नियन्त्रक भुमीराज भुषालले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय इलामले एक करोड २५ लाख ७१ हजार पाँच सय ९२ रुपैयाँ राजश्व संकलन गरेको छ । पशुपतिनगर भन्सार कार्यालयले ९७ लाख २७ हजार ६ सय ९१ रुपैयाँ राजश्व संकलन गरेको छ ।

प्रदेश सरकार अन्तर्गतको कार्यालयबाट सात करोड ४३ लाख ५० हजार नौ सय १२ रुपैयाँ राजश्वक संकलन भएको छ । त्यसमा सवैभन्दा बढि यातायात व्यवस्था कार्यालयले राजश्व संकलन गरेको छ । यातायात कार्यालयले ६ करोड ३९ लाख ४१ हजार दुई सय पाँच रुपैयाँ राजश्व संकलन गरेको छ । त्यस्तै घरेलु तथा साना उद्योग विकास समितिले ६८ लाख ८९ हजार छ सय रुपैयाँ राजश्व संकलन गरेको छ । वागवानी विकास केन्द्र जौबारीले १२ लाख ३६ हजार एक सय २५ रुपैयाँ राजश्व संकलन गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।

आर्थिक वर्ष २०७६।०७७ मा ६१ करोड आठ हजार एक सय ९२ रुपैयाँ राजश्व संकलन भएको थियो । त्यसमा संघीय सरकार अन्तर्गतका कार्यालयबाट ५६ करोड ६८ लाख ७२ हजार चारसय तीन रुपैयाँ र प्रदेश सरकार अन्तर्गतका कार्यालयबाट चार करोड ३१ लाख ३५ हजार सातसय ८८ रुपैयाँ राजश्व संकलन भएको थियो । आर्थिक वर्ष २०७५।०७६ मा ४९ करोड ८४ लाख ३७ हजार १९ रुपैयाँ राजश्व संकलन भएको थियो । संघ अन्तर्गत ४४ करोड ७० लाख ९३ हजार नौसय ६५ रुपैयाँ रकम र प्रदेश अन्तर्गत ५ करोड १३ लाख ४३ हजार ५४ रुपैयाँ राजश्व संकलन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार