लागुऔषध मुद्दामा फरार प्रतिबादी पक्राउ

  आवाज संवाददाता

    लागुऔषध मुद्धामा दोषी ठहर भई फरार रहेका दुई प्रतिबादीलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी-२ का २८ बर्षीय बिकाश कार्की र मोरङ कानेपोखरी-३ का ४१ बर्षीय लक्ष्मण सार्की रहेका छन ।

   फरार प्रतिबादी खोजतलास अभियान अन्तरगत १ नम्बर प्रदेश प्रहरी कार्यालय(प्रादेशिक अनुसन्धान) समुहबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई हिजो पक्राउ गरेको हो ।

      पक्राउ परेका लक्ष्मणलाइ सुनसरी जिल्ला अदालतबाट  मिति २०७३ साल भदौ ४ गते ४ बर्ष कैद र ४० हजार रुपैया जरिवाना तोकिएकोमा उनि फरार रहदै आएका थिए । यसै गरी पक्राउ परेका अर्का विकाशलाई पनि  सुनसरी जिल्ला अदालतबाट मिति २०७३ साल भदौ

    २७ गते १ बर्ष कैद र ७ हजार रुपैया जरिवाना तोकिएकोमा उनी पनि फरार रहदै आएका थिए । फरार पश्चात पक्राउ परेका दुबै जनालाइ सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गराई कैद तथा जरिवाना असुल उपरको लागि क्षेत्रिय कारागार झुम्का पठाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार