मनाङको चामेमा थुनियो मर्स्याङ्दी नदी

  आवाज संवाददाता

मनाङ । करिब एक सातादेखिको अविरल वर्षाका कारण मनाङ सदरमुकाम चामेनजिकै मर्स्याङ्दी नदी थुनिएको छ ।

चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुंगामाटो र काठदाउरा बगाएर ल्याएपछि मर्स्याङ्दी नदी थुनिएको हो । थुनिएको भागबाट मर्स्याङ्दी बगे पनि पानी निरन्तर परिरहेकाले बहाब बढेको छ । यसबाट चामेपारीको भाग डुबानमा परेको छ भने सिंगो चामेबजार उच्च जोखिममा परेको छ ।

नेपाली सेनामार्फत बम विष्फोट गराइ मर्स्याङ्दी खुलाउने तयारी भए पनि पानी निरन्तर परिरहेकाले समस्या भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार