इलाम नरपालिकाको नगरसभाका लागि एन्टिजिन परीक्षण गरिने

  आवाज संवाददाता

फाइल तस्बीर

इलाम । इलाम नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रमसँगै बजेट पारित गर्नका लागि नवौं नगरसभाको तयारी तीब्र बनाएको छ ।
कोरोना भाइरसको संक्रमणका कारण नगरसभा असार ९ गते एकै दिनमा सम्पन्न हुने गरी तयारी भइरहेको नगरपालिकाका प्रवक्ता ठाकूरनारायण श्रेष्ठले बताए । नगरसभामा नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यापालिकाका सदस्य, वडा सदस्य र कर्मचारीहरु सहित ७० भन्दा बढीको सहभागिता रहने छ ।

संक्रमण फैलन नदिनका लागि नगरसभामा सहभागी सबैको एन्टिजेन परीक्षण गरिने भएको छ । असार ६ र ७ गते एन्टिजेन परीक्षण पछि नेगेटिभ रिपोर्ट आएकाहरुले सभामा सहभागिता जनाउने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार