इलाममा शुक्रबार १८ जना संक्रमित थपिए, मृत्यू हुनेको संख्या ३७ पुग्यो

  आवाज संवाददाता

इलाम । इलाममा शुक्रबार तीन पालिकामा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात वटा पालिकामा भने आज संक्रमण देखिएकाे छैन ।

इलाम नगरपालिकामा २ जना,  माङसेबुङ गाउँपालिकामा ८ जना र माईमा ९ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै इलाममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ५८० पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लामा कोरोना संक्रमणका कारण मृत्यू हुनेको संख्या भने ३७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार