इलाममा मंगलबार सात जना संक्रमित थपिए

  आवाज संवाददाता


इलाम । इलाममा मंगलबार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो दिनभने ५६ जनामा संक्रमण देखिएको थियो ।
इलाम नगरपालिकामा २ जना र सूर्योदय नगरपालिकामा ५ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै इलाममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ५३२ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार