इलाम नगरपालिकाले कृषि क्याम्पस चलाउने

  आवाज संवाददाता


इलाम। इलाम नगरपालिकाले सदरमुकाममा कृषि क्याम्पस सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

कृषिको स्नातक तह (बीएससी एग्रीकल्चर) पढाई हुने क्याम्पस सञ्चालनका लागि नगरपालिकाले पूर्वाञ्चल विश्व विश्व विद्यालयमा सम्बन्धनका लागि आवश्यक प्रक्रिया समेत अघि बढाएको इलाम नगरपालिका प्रवक्ता तथा इलाम नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ठाकूरनारायण श्रेष्ठले बताए ।

क्याम्पस सञ्चालनका लागि इलाम नगरपालिकाले मरब क्याम्पस इलामका पूर्व क्याम्पस प्रमुख जसबहादुर लुङ्गेलीको अध्यक्षतामा क्याम्पस सञ्चालक समिति समेत गठन गरेको छ ।

सम्बन्धनका लागि प्रक्रिया अघि बढाइएको र जग्गा तथा भवनका लागि तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार