इलाममा सोमबार ५६ जना संक्रमित थपिए, मृत्यू हुनेको संख्या ३५ पुग्यो

  आवाज संवाददाता

इलाम । इलाममा सोमबार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो दिनभने आठ जनामा मात्र संक्रमण देखिएको थियो ।

माङसेबुङ गाउँपालिकामा २० जना, रोङ गाउँपालिकामा १३ जना, माइनगरपालिकामा १२ जना, इलाम नगरपालिकामा ७ जना र सूर्योदय नगरपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै इलाममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ४६९ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
इलाममा संक्रमितको संख्या हालसम्म १५ सय २५ पुगेको छ । मृत्यू हुनेको संख्या भने ३५ पुगेको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार