भोलिदेखि इलामका ४४३१ जनालाई भेरोसेल खोप लगाइने

  आवाज संवाददाता


इलाम। इलाममा भोलि मंगलबारदेखि निश्चित उमेर समूहकालाई कोरोना भाइरस विरुद्धको खोप भेरो सेल लगाइने भएको छ ।

२०१४ साल बैंशाख १ गतेदेखि २०१६ साल बैंशाख १ गते जन्म मिति भएकाहरुलाई उक्त खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
इलाम नगरपालिकाले स्वास्थ्य केन्द्रहरु मार्फत भोलिदेखि तीन दिनसम्म खोप लगाउने जनाएको छ । अन्य पालिकाहरुमा पनि जेठ २५ देखि २७ गते खोप लगाइने स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन विमल बरालले बताए ।

बालबालिकाहरुको खोप पनि चलिरहेकाले समय मिलाएर सबै पालिकाहरुमा तीन दिनमा खोप लगइने उनले बताए ।
इलाममा चार हजार चार सय ३१ जनालाई भेरोसेल खोप लागइने पनि उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार