विषालु जंगली च्याउँ खादा चार जना विरामी, दुई जनाको अवस्था चिन्ताजनक

  आवाज संवाददाता

इलाम। विषालु जंगली च्याउ खाएर सन्दकपुर गाउँपालिका वडा नं. १ छाँगेका चार जना विरामी भएका छन् । दुई जनाको अवस्था भने चिन्ताजक रहेको छ ।

जंगली च्याउ खाएर छाँगेका जीतबहादुर राई, टीका बहादुर राई, ऋतु राई र उनकी श्रीमती विष्णुमाया राई विरामी भएको सन्दकपुर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष नन्दकुमार राईले बताए । शनिबार दिउँसो जंगली च्याउ खाएर विरामी अवस्थामा भेटिएपछि विर्तामोडस्थित विएण्सीमा उपचारका लागि लगिएको वडाध्यक्ष राईले बताए । चार जना मध्ये जीतबहादुर र टीकाबहादुरको अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको पनि उनले बताए । बाँकी दुई जनाको अवस्था सामान्य रहेको छ ।

शनिबार दिउँसो जंगली च्याउ ल्याएर ऋतुको घरमा पकाएर चारै जनाले खाएका थिए । च्याउ खाएपछि घर हिँडेका जीतबहादुर र टीकाबहादुर विषालु च्याउले मातेर बाटाेमै वेहोस अवस्थामा भेटिएका थिए । ऋतु र उनको श्रीमती विष्णुमायालाई भने घरमै च्याउले मातेको अवस्थामा भेटिएपछि स्याम्पुहरु खुवाएर वान्ता गराइएको अध्यक्ष राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार