वेवारिसे शवको खुल्यो पहिचान

इलाम। इलाम नगरपालिका वडा नं.१ स्थित पुवाखोलाको पिपुल्स हाइड्राेपावर नजिकै विहीबार भेटिएको वेवारिसे शवको पहिचान भएको छ ।
कुहिएको अवस्थामा भेटिएको शव इलाम नगरपालिका वडा नं. ८ तिल्केनीका उजुर बहादुर तामाङको ४० वर्षीया डम्मरी तामाङ रहेको प्रहरीले जनाएको छ । प्रहरीले कुहिएको अवस्थामा शव फेला परेपछि इलाम अस्पतालको शव गृहमा ल्याएर पहिचानका लागि उनका आफन्तको खोजी गरेको थियो ।
मृतक तामाङको छोरीले शुक्रबार अन्त्यष्टिका लागि शव जिम्मा लिएको पनि प्रहरीले जनाएको छ ।
मानसिक सन्तुलन नभएकी मृतक तामाङ केही दिनअघि विब्ल्याँटे आसपासका सडकमा हिड्ने गरेका थिए । उनको मृत्यू खोलामा कसरी भयो भन्ने कुरा भने रहस्यमय छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार