भारतीय रुपियाँ सटहीका लागि इलामको पशुपतिनगर स्थित राष्ट्रिय वाणिज्य बैंकले प्रक्रिया शुरु गरेको छ । वाणिज्य बैंकको विभागबाट भारतीय रुपियाँ सटही गर्न निर्देशन सहितको पत्रनै आएपछि आजबाट बैंकले प्रक्रिया थालेको हो ।
सटही काउन्टर शुरु गर्न केही विधि र नियमहरु रहेकाले अबको एक सातामा प्रक्रिया पुरा गरेर सटही शुरु गरिने पशुपतिनगर स्थित राष्ट्रिय वाणिज्य बैंकका प्रमुख राजन चम्लागाईंले बताए । ‘ सटही थाल्न आज पत्र आएको छ । हामीले प्रक्रिया पनि थाल्यौं, तर अझै कतिको कारोबार हुने, यहाँको भारतीय रुपियाँको अवस्था र स्थानीयको आवश्यकता सबै कुरा बुझेर त्यसको अवस्था विश्लेशण गरिन्छ ।’ चम्लागाईंले भने ‘माथिबाट पनि यहाँको अवस्था अनुसार थप कार्यनीतिहरु आउँछन् अनि करिक सातादिन भित्र सटही शुरु गर्नेछौं ।’
हिजोमात्रै पशुपतिनगरमासटही काउन्टर राख्न गभर्नर महाप्रसाद अधिकारीले निर्देशन दिनुभएको थियो । गभर्नर अधिकारीले भारतीय पचास र एक सय रुपियाँका साना नोट साटेर नेपाली बनाउन वाणिज्य बैंकलाई निर्देशन दिनुभएको बताइएको छ । पशुपतिनगरमा वर्षौं देखि भारतीय रुपियाँ सटही बन्द हुँदा पूर्वी सीमावत्र्ती क्षेत्रका सर्वसाधारणले नेपाली रुपियाँको अभाव झेल्दै आएका थिए । यो क्षेत्रमा उत्पादित कृषि उपज, दुग्ध जन्य पदार्थ बिक्री गर्नुपर्दा व्यापारीबाट किसानहरुले भारतीय रुपियाँनै लिनुपर्ने बताध्यता थियो ।