आपतकालीन कोष बनाउन काेरियामा नेपालीकाे डान्सपार्टी

 दक्षिण कोरिया /अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा ग्रीनसिटी इलाम फुटबल क्लब दक्षिण कोरियाले डान्सपार्टिको आयोजना गर्ने जनाएको छ ।  इलामेली समाज दक्षिण कोरियाको खेलकुद विभाग अन्तर्गत २०१५ मा स्थापित ग्रीनसिटी इलाम फुटबल क्लबले कोरियामा हुने विभिन्न खेलहरुमा सहभागीता जनाउदै तीन वटा प्रतियोगितामा यस अघि नै उपाधी समेत हात पार्न सफल भै सकेको छ ।

    खेलकुदको सफलता सङ्गै मनोरञ्जन समेत दिलाउनका लागि यसपटक कोरियाको राजधानी तोङ्देमुन पछि विदेशीहरुका लागि एकदमै लोकप्रिय शहर सुवोनमा डान्सपार्टीको आयोजना गर्न लागिएको इलामेली समाज दक्षिण कोरियाका अध्यक्ष टीका थेगीमले जनाएका छन ।
    कोरियामा अहिले एकदमै चिसो बढिरहेको छ यो चिसो मौषममा भरपुर मनोरञ्जन सङ्गै शरीर तताउनलाई आयोजना गर्न लागिएको उक्त डान्सपार्टीमा स्थानीय कलाकार तथा डिजेको समेत विषेश प्रस्तुती रहने छ ।
     आपतकालीन कोष स्थापनाको लागि आयोजना गरिने उक्त डान्सपार्टीको सुवोनस्थित कसम नेपाली रेस्टुरेन्टमा एक कार्यक्रमका बीच पोस्टर समेत सार्वजनिक गरिसकिएको छ । त्यहाँ स्थित हलमा अङ्ग्रेजी नयाँबर्ष २०२३ को पूर्वसन्ध्या डिसेम्बर ३१ तारीख शनिबार साँझबाट सुरु भएर बिहान करिब ५ बजेसम्म डान्सपार्टी सन्चालन गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार